FAQs Complain Problems

संक्षिप्त परिचय

सप्तरी जिल्लामा रहेको बिद्यमान १८ स्थानीय तहहरु मध्ये छिन्नमस्ता गाउँपालिका जिल्लाको दक्षिणमा भारतीय सिमा,पुर्बमा तिलाठी कोइलाडी गाउँपालिका र भारतीय सिमा, उत्तरमा बिष्णुपुर गाउँपालिका र पश्चिममा राजगढ गाउँपालिका र भारतीय सिमा क्षेत्र संग जोडिएको छ । साबिक बरही विरपुर,कोचाबखारी,छिन्नमस्ता र लालापट्टी गरी ४ वटा गा.वि.स मिलेर बि.स २०७३सालमा गठन भएको यस छिन्नमस्ता  गाउँपालिकामा हाल ७ वटा वडाहरु छन् र  ३८.७२ बर्ग कि.मी क्षेत्रफलमा फैलिएको छ । यस गाउँपालिकाको नामाकरणको सन्दर्भमा यहाँको प्रसिद्ध धार्मिक स्थल छिन्नमस्ता भगवतीको नामवाट यस गाउँपालिकाको नाम छिन्नमस्ता नामाकरण गरिएको हो ।

जन प्रतिनिधि / कर्मचारी