FAQs Complain Problems

प्राय: सोधिने प्रश्नहरु

१ ) नेपाली नागरिकताको प्रमाणपत्र सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के-के हुन् ?

उत्तर :- नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् | प्रति नागरिकताको फाराम कालोमसिले भरि दुवै कान देखिने फोटो टाँस गरेको फाराम भरी सनाखत गर्न जाने व्यक्तिको नागरिकता (तीन पुस्ते नाता खोलिएको) जन्म दर्ता, शैक्षिक योग्यताको प्रमाण–पत्र ,विवाह दर्ता, बसाईसराई दर्ता अस्थायी निस्सा |

२ ) घर जग्गा नामसारी सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजात के-के हुन् ?

उत्तर :- घरजग्गा नामसारी सिफारीस सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् : मृत्यु दर्ता प्रमाण पत्र प्रतिलिपि नाता प्रमाणित प्रमाण पत्र सिफारिस प्रतिलिपि नेपाली नागरिकता प्रमाण पत्र प्रतिलिपि/१६ बर्ष नपुगेकाको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि, अंशबन्डा भए बण्डापत्रको प्रतिलिपि जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि तथा सक्कल नागरिकता प्रमाणपत्र वडा सचिवको किटानी सिफारिस गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण स्थलगत वडा सर्जमिन मुचुल्का व्यवसाय दर्ता प्रमाण पत्र प्रतिलिी (व्यावसायको हकमा) घर बहाल कर तिरेको रसिद |

३ ) जन्म दर्ता प्रमाण-पत्र सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के-के हुन् ?

उत्तर :-१. जन्म दर्ता प्रमाणपत्र सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् : जन्मको अनुसूची–२ (नियम ५ संग सम्बन्धित) बमोजिमको सूचना फाराम (भरेको हुनुपर्ने) आमा/बाबुको विवाहदर्ताको प्रतिलिपि आमा/बाबुको नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि सूचकको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि कर्मचारीको छोराछोरीको हकमा सम्बन्धित कार्यालयको सिफारिस आमा-बाबु बसाई सराई भै आएको भए सोको प्रतिलिपि अस्पतालमा जन्मिएको भए सोको प्रमाणको प्रतिलिपि वडाको किटानी सिफारिस दस्तुर न.पा.को नियमानुसार माथि उल्लेखित प्रक्रिया पुरा भएपछि अनुसूची–१२ अनुसारको प्रमाण–पत्र उपलब्ध गराईनेछ |

४ ) योजना तथा कार्यक्रम सम्झौता गर्दा चाहिने कागजातहरु के-के हुन् र यसका प्रक्रिया के हो ?

उत्तर :-१. योजना तथा कार्यक्रमको सम्झौताको लागि निवेदन । २. स्वीकृत लागत अनुमान। ३. वडा कार्यालयको योजना सम्झौता गरिदिने वारेको सिफारिस । ४. सरोकारवाला उपभोक्ताहरुको भेलाबाट निर्वाचित पदाधिकारीको रोहवरमा भएको उपभोक्ता समिति/अनुगमन समिति गठनको निर्णयको प्रतिलिपि । ५. संघसंस्था, समूह, क्लब, समिति आदी जस्ता आधिकारिक संस्थाद्वारा कार्यान्वयन गरिने योजना भए सोही समितिको आधिकारिक निर्णयको प्रमाणित प्रतिलिपि । ६. समितिका पदाधिकारीहरुको नागरिकताको प्रतिलिपि । ७. भौतिक पूर्वाधार वाहेक अन्य कार्यक्रमको लागि कार्यक्रम प्रस्ताव ।

५ ) व्यवसाय दर्ता प्रमाण-पत्र लिनका लागि चाहिने कागजातहरु के-के हुन् ?

उत्तर :-१. रित पुर्वकको निवेदन (वडा कार्यालयमा ) २..नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिप ३. २ प्रति फोटो ४.व्यवसाय दर्ताको प्रमाणपत्रको फोटोकपी (यदि भएमा उधोग विभाग, वाणिज्य विभाग, घरेलु उधोग, आन्तरिक राजस्व कार्यालयबाट VAT/ PAN मा दर्ता, उधोग वाणिज्य संघ वा अन्य कुनै ) ५.वडाले आवश्यक ठानेको कागजात |

जन प्रतिनिधि / कर्मचारी